कोयनालाई यस्तो प्रस्ताव

- एजेन्सी

श्रावण ३१, २०७४-

बलिउड अभिनेत्री कोयना मित्रा एउटा अनौठो समस्या लिएर प्रहरीकहाँ पुगेकी छिन् । अपरिचित नम्बरबाट फोन आउने क्रम जारी रहेको तथा तीमध्ये एक व्यक्तिले रात बिताउने प्रस्ताव राखेपछि उनी त्यसविरुद्ध उजुरी गर्न प्रहरी समक्ष पुगेकी हुन् । रात बिताउने प्रस्ताव राख्ने व्यक्तिले कोयनालाई पैसा दिन समेत तयार रहेको उल्लेख गरेका थिए ।

त्यस्तो प्रस्ताव सुन्नेबित्तिकै उनी दौडेर प्रहरीमा उजुरी गर्न पुगिन् । कोयनाले मुम्बई प्रहरीबाट अपराधी समातिने अनुमान गर्दै भविष्यमा यस्तो घटना नदोहोरिने अपेक्षा गरेकी छिन् । प्रहरीले पनि कोयनालाई टेलिफोन गरेर दु:ख दिने व्यक्तिको खोजी प्रारम्भ गरिसकेको बताएको छ । मोडलिङबाट करियर प्रारम्भ गर्ने कोयनाले अपना सपना मनी मनी तथा हे बेबीजस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।  

 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्