नेपाल प्रहरीमा अब इन्टरनेटबिनै इमेल

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७४- 

 

नेपाल प्रहरीले इन्टरनेटबिनाको इमेल प्रविधिको सुरुवात गरेको छ । नेपाल प्रहरीले इन्टरनेट नपुगेको स्थानमा समेत यही प्रविधि प्रयोग गरी इमेल, तस्बिर आदि पठाउन सक्छ । 

नेपाल प्रहरीले हाई फ्रिक्वेन्सी रेडियो डाटा प्रयोग गरेर यो प्रविधि सञ्चालन गरेको हो । यो एक प्रकारको सफ्टवेयर डिफाइन्ड रेडियो प्रविधि हो । यसलाई मिलिट्री स्ट्यान्डर्डको प्रविधि पनि भनिन्छ ।

यो प्रविधिलाई इन्टरनेट सर्भरसँँग जोड्ने हो भने इन्टरनेट चलाउन सकिन्छ । त्यसैगरी इमेल सर्भरसँँग जडान गर्ने हो भने इमेल पठाउन सकिन्छ । 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्