साराको सम्भावना

- साप्ताहिक संवाददाता

श्रावण ३०, २०७४-

एक वर्ष अघि चलचित्र क्षेत्रमा प्रवेश गर्ने अभिनेत्री हुन्– सारा शिर्पाली । यो अवधिमा साराले दुई वटा चलचित्रमा अभिनय गरेकी छिन् । तीमध्ये पहिलो चलचित्र रुद्र अघिल्लो साता प्रदर्शनमा आयो । साराले अभिनय गरेको दोस्रो चलचित्र पिँजडा ब्याक अगेन पोष्ट प्रोडक्सनमा छ ।

बेलायतमा अध्ययन गरेर स्वदेश फर्किए लगत्तै सारालाई अभिनेता तथा निर्माता निखिल उप्रेतीले रुद्रमा पदार्पण गराएका थिए । रुद्र प्रदर्शन भएपछि समीक्षकहरूले साराको अभिनयको खुलेर प्रशंसा गरे । रुद्र एक्सन प्रधान चलचित्र भए पनि साराले आफ्नो अभिनय कौशल देखाउने अवसर मात्र पाएकी छैनन्, उक्त भूमिकाप्रति न्यायसमेत गरेकी छिन् ।

पहिलो चलचित्रमा विश्व शर्मासंग अनस्क्रिन रोमान्स गरेकी साराले दोस्रो चलचित्रमा भने निखिल उप्रेतीसँग रोमान्स मात्र होइन घरजम समेत गरेकी छिन् ।  

 

प्रकाशित :श्रावण ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्