गौहरको मूल्यांकन

- एजेन्सी

श्रावण २९, २०७४-

मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री हुन्— गौहर खान । बिग बोस सिजन–७ की विजेता गौहरले हालै दुई सेलिब्रेटीका बारेमा रमाइलो अभिव्यक्ति दिएकी छिन् । गौहरले बलिउडमा कट्रिना कैफ तथा हलिउडमा जेनिफर लोपेजलाई सबैभन्दा फिट कलाकार मानेकी छिन् ।

गौहरका अनुसार विश्वकै सबैभन्दा फिट कलाकार जेनिफर लोपेज हुन् जो ४८ वर्षकी भइन्, यद्यपि शारीरिक बनावटको दृष्टिकोणबाट उनी त्यति धेरै उमेरकी हुन् भन्ने लाग्दैन । बलिउडमा कट्रिनाको फिटनेसको कसैसँग प्रतिस्पर्धा नहुने गौहरको तर्क छ ।

कट्रिनाले आफ्नो शरीरलाई मेन्टेन गर्न नृत्यको साहारा लिएको उनको भनाइ छ । गौहर आफूलाई फिट राख्न नृत्य एवं व्यायामका साथमा खानपिनमा ध्यान दिने बताउँछिन् । सही खाना सही मात्रामा खायो भने सुन्दर काया प्राप्त हुने गौहरको भनाइ छ ।  

 

प्रकाशित :श्रावण २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्