अहिलेका केटाकेटीको लभ कुखुराका भाले–पोथीको जस्तो
श्रावण २९, २०७४
Pramod Kharel@kharel777
बजारको हल्ला । एउटीलाई टेस्टोनीले तँ केराको बोक्रामा चिप्लेर लड्छेस् भन्देछ, ऊ त बोक्रैसहितको केरा खाँदै थि रे नि त ।
डा. एलिया अर्याल@aryalaliya
अहिलेका केटाकेटीको लभ पनि कुखुराका भाले–पोथीको जस्तो फास्ट हुने रहेछ, कति खेर सुरु, कति खेर खत्तम हुने थाहै नहुने ।
साहित्यकार@timro_kamlu
रोएर पीडा कम हुने वा समस्या हल हुने होइन । बरु त्यसले आफूलाई समस्या र परिस्थितिसँग लड्ने शक्तिबाट टाढा लैजान्छ ।
फिलोसोफर हरि@Hary_Dhakal
जहिले पसलमा सामान लिन जान्छु, साहूजी छोरीलाई तिमी बस है भनेर एकातिर हिंडिहाल्छन् । हैन यी बूढाले गर्न खोज्या के हुन् ?
अंशु खड्का@lalita_regmi
सबै स्थानमा आफ्नो योग्यता देखाउनु पनि उचित हुँदैन । परिस्थितिअनुसार मौन रहनु पनि फाइदाजनक हुन्छ । त्यही नि:शब्दताले नै सबै समस्या हल गरिदिन्छ ।
Niran@NiranDai
देश विकासका लागि केही गर्न सक्ने सक्षम, जुझारु एवं कर्मठ युवाहरू चिया पसलमा गफ गरेर घण्टौं समय खेर फाल्छन् अनि कसरी बन्छ त देश ?
ड्रिम ब्वाइ मादु@dreamboymadu
कोकको चुस्की लाउँदै भनी— पिज्जा खाउँ । सित्तैको अलकत्रा नछाड्ने मैले हुन्छ भनें । अन्त्यमा एटीएम घरमै छुटेको कुरा गरी, म छाँगाबाट खसेजस्तै भएँ ।
Krishna Paudel@sureshpaudel22
मैले के–के न गरें भन्ने महाराजहरूले आफ्नो घर परिवर्तनभन्दा बाहेक केही गरेको देखिएन । त्यो त काठमाडौंको हिलाम्मे सडकले बताउँदैछ ।
शैली@narayani_2012
यो रौसी भन्ने जिनिसमा के मिसाइएको हुन्छ ? मान्छेलाई यति धेरै नाच्ने बनाउने ।
भुइँमान्छे@ramesh_pandeya
एउटा जोगीले अर्को जोगीलाई दिने भनेको समवेदना मात्र हो ।
जेन्टलम्यान@NepaliGentleman
मान्छे भर्जिन–भर्जिन भन्दै दौडन्छन्, आफूलाई ओल्ड दरबार भए नि चल्छ ।
अचुत खड्का@AchutK10
डियर गल्र्स, कोइ केटालाई पनि जबरजस्ती दाजुभाइ नबनाउनुहोला । ऊ देखावटी दाजुभाइ त बन्ला तर उसको गिद्धे नजर भने यथावत् रहन्छ ।
खुसी केटो@blessed0699
आफ्नो अनुहार ऐनामा हेर्दा राम्रै लाग्छ । अरूलाई कस्तो लाग्छ जान्नु पनि छैन र मतलब पनि छैन ।
प्रकाशित :श्रावण २९, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्