बाढी पीडितको सहयोगमा कलाकारको सहयोग घोषणा

- साप्ताहिक संवाददाता

श्रावण २९, २०७४-

शुक्रबार रातीदेखि निरन्तर रुपमा परेको भिषण बर्षाका कारण देशको पूर्वी तथा पश्चिम नेपालको जनजीवन कष्टकर बनेको छ । देशभर ३५ भन्दा बढीको निधन भैसकेको छ । घर–घरमा पानी पसेपछि खाना र बस्नका लागि समेत समस्या देखिएको छ । यस्तो अवस्था देशका विभिन्न क्षेत्रबाट सहयोग सुरु भएको छ । कतै बाढी त कतै पहिरोको चपेटाबाट देश गुज्रदै गर्दा कलाकारहरु सहयोग गर्ने प्रतिबद्धता सहित राजधानी बाहिर जाँदै छन् । चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले, फेसबुकमा सक्रिय ‘एमआरआर’ गु्रपको माध्यमबाट नगद १ लाख सहयोग गर्न लागेको बताएका छन् । यस्तै, हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् ।

यस्तै, नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् । यी तिनै कलाकारले व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् ।

प्रकाशित :श्रावण २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्