उल्झनसँगै जेलिएका हेम

- राधिका अधिकारी

श्रावण २९, २०७४-
जीवनमा सफलताको शिखर चढ्ने र आफ्नो अस्तित्व कायम गर्ने हर मानिसको चाहना हुन्छ । तर, जीवन आफूले सोचेजस्तो ठिक्क ठिक्कसाग एउटै लयमा बग्दैन । नचाहेरै पनि अनेकौँ बाधा, व्यवधान, झन्झट, झमेलाहरुमा रुमलिन बाध्य मान्छे र परिवेश कथा टपक्क पात्रमा उनेर आख्यानमा प्रस्तुत गर्न पटक्कै सजिलो भएन कवि हेम प्रभावसलाई । जोगाउन र लक्ष्य भेटाउन सङ्घर्ष गर्दागर्दै पनि अस्तित्व कायम गर्न नसकेका तमाम युवाहरुको छटपटीको कथा बुन्नका लागि पनि हेमले एकताका पुस्तकका पात्रसँगै हराउँनु पर्‍यो । पात्रहरुको मनोदशा र जीवनको समाजशास्त्र पनि विभिन्न झमेलाहरुमा फसेको कथा लेख्दा लेख्दै आफै जेलिएपछि उनले आफ्नो किताबको नाम नै ‘उल्झन’ राखे । 

बाल्यकालदेखि अक्षरहरुसाग रमाउँदै र खेल्दै आएका हेमले यो समयसम्म आईपुग्दा सीमान्तकृतहरुको आवाज समेटिएका धेरै किताबहरु पढे । क्लासिकल किताबहरु त झन् धेरै पहिलेदेखि हाम्रो बजारमा प्रचलित थिए । तर, बहुसङ्ख्यक मध्यम वर्गीय मानिसहरुको जीवनको सजीव चित्रण गरिएको किताब उनले भेटेनन् । मध्यम वर्गका मानिसहरु जसलाई समाजले त्यति धेरै चिन्ता र चासोका विषयमा हेरेको पाएनन् । सामान्य जस्तो देखिने उनीहरुको जीवन कति असामान्य घुम्तीहरुमा मोडिादै आएको छ भन्ने कुरा देखाउन आफूले ‘उल्झन’ लेखेको उनको स्पोष्टोक्ति छ । 

अचेलका कतिपय मानिसहरु एकातिर गरिबी, कुप्रथा र प्रकोपको उल्झनमा त कतै प्रेम, समाज र संस्कारको उल्झनमा फसेका छन् । तसर्थ, मान्छेको जीवन हामीले सतही रुपमा नियालेको जति सुन्दर छैन । विविध अप्ठ्याराहरुको सिमसारमा मानिस क्रमश: भासिादै गइरहेका छन् । तर, पलायन यसको समाधान होइन । अप्ठ्याराहरुभित्रै सप्ठ्यारा पाटाहरुको खोजी गर्न सक्ने हो भने जीवनमा सम्भावनाहरुको ढोका खुल्दै जानेछन् भन्ने सन्दर्भको उठानको विषयलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो यो । 

कविता लेखेर पाठकहरुमा एक खालको छाप बनाई सकेका हेमलाई त्यहि कवि मनले पनि कता कती लेखनमा बाधा गर्न कयौं पटक नखोजेको होईन । उनले धेरै कुरा कवितामा झौ बिम्बमा भन्न खोजे । कथानकको बीचबीचमा पृष्ठभूमिको दृश्यलाई धेरै वर्णन गरुाझौ लागिरह्यो उनको कवि मनलाई । यसो हुँदा कथानकको गति अलि धिमा भएको उनी आफैंले महसुश गरे र यी सन्दर्भहरुको सक्दो न्यूनीकरण गरेर किताबलाई आख्यानजस्तै बनाए । 

उनले आफूले लेखेको उपन्यासले आफ्ना पाठकलाई नठग्ने बताएका छन् । उनी भन्छन् ‘विषयसन्दर्भ, शैली, प्रस्तुति पहिले लेखिसकिएको भन्दा फरक हुन सक्दैन भने नलेखेकै राम्रो । उही र उस्तै कुराहरु दोहोरिएर बजारमा आउादा सबभन्दा बढी पाठकहरु मर्कामा पर्छन् । तसर्थ, मैले यो उपन्यासमा अरुले भन्दा केही नौलो प्रयोग गरेको छु । यस उपन्यासको क्राफ्ट परम्परित उपन्यासभन्दा फरक छ । स्टोरी न्यारेट गर्ने तरिका फरक छ । शैली फरक छ । सामान्य कथनभन्दा बढी विशिष्ट कथनहरु छन् । उठाएको विषय फरक छ । समाजको हरेक एङ्गलबाट नियालिएको छ । विविध बिम्बहरुलाई सामान्यीकरण गरेर रोचक बनाइएको छ ।’

शनिबार राजधानीमा उनको यहि कृति सार्वजनिक भयो । किताब विमोचनको त्यो भिड हेर्दा लाथ्यो हेम माथि यो पुस्ताले ठूलो सपना देखेको छ । यो उनको सफलता पनि हो र आगामी दिनका लागि चुनौती पनि । 

 

प्रकाशित :श्रावण २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्