भाइरल भएको टाटा टावेल

- एजेन्सी

श्रावण २८, २०७४-

क्यालिफोर्नियाका इरिन रोबर्टसनले डिजाइन गरेको टाटा टावेललाई सामाजिक प्रयोगकर्ताहरूले भाइरल गरेका छन् । अमेरिकामा ह्युमिडिटी बढी भएको मौसममा यो टावेल उपयोगी सावित हुने बताइन्छ ।

अहिले नौलो र नयाँ डिजाइनको यो टावेलको माग ह्वात्तै बढेको छ । डिजाइनर इरिनले गर्मीमा धेरै पसिना आउने र महिलाहरूले लगाएको टिसर्टमा पसिनाले भिज्ने समस्या समाधान गर्न टाटा टावेलको परिकल्पना गरेका हुन् । काँधमा रुमाल राखेर स्तन छोप्न मिल्ने यो टावेल आरामदायक भएको यसका प्रयोगकर्ताहरू बताउँछन् । अहिले अमेरिकामा धेरैले यो टाटा टावेल किन्न चाहेको बताइन्छ ।

इरिनले यो टावेलको बजार मूल्य ४ हजार रुपैयाँ राखेका छन् । 

 

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्