हसिना कुर्दै श्रद्धा

- एजेन्सी

श्रावण २८, २०७४-
अभिनेत्री श्रद्धा कपुर आफ्नो महत्वाकांक्षी चलचित्र हसिना पार्करको प्रतीक्षामा छिन् । यो चलचित्रको प्रदर्शन विभिन्न कारणले तीन पटकसम्म सारिएपछि श्रद्धाको व्यग्रता बढेको छ ।

अगस्ट १८ का लागि निर्धारित पछिल्लो मिति पनि सरेपछि श्रद्धा यतिबेला चिन्तितसमेत भएको बताइन्छ । यसअघि उक्त चलचित्र जुलाई १४ मा प्रदर्शन हुने कुरा थियो । त्यसलाई परिवर्तन गर्दै जुलाई २८ को नयाँ मिति तोकियो । उक्त मिति पनि सारेर त्यसलाई फेरि एकपटक अगस्ट १८ मा पुर्‍याइयो । अन्त्यमा आएर यो चलचित्र सेप्टेम्बर महिनामा मात्र प्रदर्शन हुने भनिएको छ । निर्माता नाखिद खानका अनुसार अगस्टमा थुप्रै चलचित्र प्रदर्शनमा आउने भएकाले हसिना पार्करको प्रदर्शन मिति सारिएको हो ।

१८ अगस्टमा बरेलीकी बर्फी तथा पार्टिसन १९४७ प्रदर्शन हुने निश्चित छ । ११ अगस्टमा अक्षय कुमारको ट्वाइलेट एक प्रेम प्रदर्शन हुँदैछ । 

 

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्