मह जोडीको कथा रमाइलो लाग्यो

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७४- 

मह जोडीको कथा रमाइलो लाग्यो (मह जोडीसँग तीन घण्टा) । यो जोडी अरू कलाकारहरूका लागि पनि उदाहरणीय छ । 

गजेन्द्र

अब भयो नि त इतिहास (फ्रन्टपेज : महको महाजात्रा) । मह जोडीलाई ब्लोअपमा पाउँदा खुसी लाग्यो ।

निर्मल पी सुवेदी, सोम वैद्य, रश्मी गुरुङ

प्रताप मल्लको पालामा यति धेरै मिडिया पनि थिएनन् नि (गजुरियल विश्लेषण प्रताप मल्लको कविता) । अहिले जस्तो प्रविधिको विकास पनि भैसकेको थिएन । 

देवेन्द्र कार्की

यस्तो बेला आफ्नै देशलाई बढी महत्व दिनुपर्छ (यात्रा सन्दर्भ : स्वर्गभन्दा रमाइलो अमेरिका) । नेपालको तुलना अरू देशसँग हुन सक्दैन । हरेक देशको आ–आफ्नै अस्तित्व छ । 

शर्मिला जोशी

दोषी त नेताहरू मात्र छैनन् (नेताहरूलाई व्यंग्य गरेर केही फाइदा छैन) । जनताको पनि आफ्नो ठाउँमा जिम्मेवारी छ । हामीले खबरदारी भने जारी राख्नुपर्छ । 

धु्रव काफ्ले

ठूलो रकम खर्च गर्नुपर्छ भन्ने छैन (समय सन्दर्भ : जन्मदिन किन मनाउने ?) । बरु जन्मदिनमा समाजसेवा गर्न सकिन्छ । नयाँ काम सुरुवात गर्न सकिन्छ । 

सुरेशराज

कोही नहिँडेको बाटो हिँड्न गार्‍हो हुन्छ (मुक्त आकाश : कोही नहिँडेको बाटो) । तर मज्जा पनि त्यसमै हुन्छ नि । मानिस स्वतन्त्र भए पनि कहीँं न कहींँ बन्धनमा बाँधिएकै हुन्छ । 

मनोज थापा

जोक्स रमाइलो लाग्यो (सुशील नेपालको फेसबुक वालबाट) । यस्तै जोक्स फेरि पनि पढ्न पाइयोस् । 

कर्मा लामा

अरू खेलमा पनि नेपालीहरूले जित हात पारून् (खेलकुद : भारोत्तोलनले ल्याएको उत्साह) । सरकारका तर्फबाट खेलाडीहरूलाई पूर्ण सहयोग मिलोस् । 

प्रवीण जिसी

यो गम्भीर प्रकृतिको घटना हो (अपराध : धन मोहले निम्त्याएको दुर्घटना) । घटनाका दोषीहरू उम्किन नपाउन् । पीडितहरूले न्याय पाऊन् । 

दिव्या

यो कुरा थाहा थिएन (ठमेलमा सुनको किताब) । सुन तथा चाँदीका अक्षर कुँदिएका पुस्तकहरूको प्रदर्शन हुने कुराले चकित बनायो । 

महेश पुरी

बधाई छ शिक्षा गुरुङ जी (मिस टिन गण्डकी) । गुरुङ समुदाय तथा पोखरालाई राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुहोस् । 

खड्क बम

यस्ता खालका प्रतियोगिता आयोजित भैरहनु जरुरी छ (मादल बादनमा रोल्पाका पोषणराज) । नेपाली 

मौलिक बाजागाजाहरूको प्रबद्र्धन अत्यावश्यक छ ।

उमा सुन्दास

तपाईंहरूको उद्देश्य पूरा होस् (यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाईजात्रा) । समाज एवं घरपरिवारबाट उनीहरूलाई मान्यता मिलोस् । जीवनमा केही गर्ने आँट मिलोस् । 

जितबहादुर

रमाइला चाडहरूका सम्बन्धमा केही कुरा थाहा पाइयो (पहिलो विश्व : मृत आत्मालाई सम्झन्छन् अरूले पनि) । यति पुरानो इतिहास रहेछ, अनौठो लाग्यो । 

सूर्य आचार्य

शाहरूख खानले असल पिताको भूमिका निर्वाह गरेका छन् (बलिउड गफ : छोरीका लागि) । रोमान्टिक चलचित्रमा उनको अभिनय हेरियो । अब गम्भीर प्रेम कथामा पनि हेर्न मन छ ।

गौरब पोखरेल

नेपाली ठेट शब्द, लबज टिप्न सक्ने हो भने छिट्टै लोकप्रियता कमाइन्छ (ट्रेन्डिङ क्रेज) । ट्रेन्डिङमा परेका गीतले यस्तै कुरा प्रमाणित गरेका छन् । 

अजय विष्ट

यो काम प्रशंसनीय लाग्यो (लीलाको समाजसेवा) । अरूले पनि आफ्ना तर्फबाट धेरथोर सहयोग गर्ने हो भने धेरैले पीडामा जीउनु पर्ने थिएन ।

लक्ष्मी न्यौपाने

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्