बफिन्स–९८ जापानमा घन्किँदै

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७४-
म मरे पनि मलाई यो देशको माया छ, नेपाल, बितिसक्यो यो रात, धन्य छौ तिमी सहिदजस्ता राष्ट्रभावले ओतप्रोत गीत गाएर चर्चामा आएको सांगीतिक समूह बफिन्स–९८ लाइभ इन टोकियो कार्यक्रममार्फत जापानमा प्रस्तुत हुने भएको छ ।

उक्त कार्यक्रम साउन २८ गते शनिबार दिउँसो २ बजेदेखि राति १२ बजेसम्म युनिभर्सल सिटी, जापानमा सञ्चालन हुने ब्यान्डका मुख्य भोकलिस्ट सञ्जीव गुरुङले बताएका छन् । हामी नेपाली साँझ शीर्षकको उक्त कार्यक्रममा बफिन्स–९८ ले आफ्ना नयाँ तथा पुराना गीत सुनाउनेछ । कार्यक्रममा बफिन्स–९८ का अतिरिक्त पृष्ठभूमि ब्यान्ड, साहस ब्यान्ड, भाइ खलक ब्यान्ड तथा हेनरी एन्ड दि व्यान्डले समेत प्रस्तुति दिनेछन् ।

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्