दुई वटा तीज गीतमार्फत आइन् गीतकार अम्बिका गुरुङ

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-

गीतकार अम्बिका गुरुङले रचना गरेका दुई भिन्न शैलीका तीज गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् । ती मध्ये रजनी राईको स्वरको गीत ‘आएनौ छोरी...’ भावुक शैलीको छ भने आभा मुकारुङ र कला राईको स्वरको ‘तीज आयो है...’ गीत नृत्यपरक छ । संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध दुबै गीतका म्युजिक भिडियोहरु संगीतकार लेप्चाले नै निर्देशन गरेका हुन् । लेप्चाले नै दुबै गीतमा संगीत संयोजन समेत गरेका छन् ।

आएनौ छोरी गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री मिथिला शर्माले मर्मस्पर्शी अभिनय गरेकी छिन् । उक्त गीतमा गीतकार गुरुङले तीजमा छोरी माइती घर नआएको वेदनालाई शब्दमार्फत व्यक्त गरेकी छिन् । शिबदास गुरुङद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियो जोहन योञ्जनले छायांकन गरेका हुन् भने राजन कार्की यो भिडियोका सम्पादक हुन् । भिडियोमा अभिनेत्री मिथिला शर्मासहित क्रिस्टिना लेप्चा तथा कुसुन गुरागाईंले अभिनय गरेका छन् ।

तीज आयो है...गीतमा पनि शिवदास गुरुङकै कोरियोग्राफी छ । यो भिडियोमा रीना थापा मगर तथा नृत्यांगनाहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायांकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।

आएनौ छोरीको भिडियो

तीज आयो हैको भिडियो

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्