मिस विश्वकर्मा इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-

विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । 

आगमी ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलका जम्मा १५ प्रतियोगीतहरुले बुधबार राजधानीमा एक कार्यक्रमका बिच जजहरुका सामु आफु भित्र भएको प्रतिभा देखाएका हुन् । प्रतियोगीहरुले कसैले गीत गएका थिए त कसैले नृत्य देखाएका थिए ।

मिस ट्यालेण्टमा प्रतियोगीहरु मध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने  गरिमा विश्वकर्मा, पुष्पा रामदाम, पुष्पा रामदाम, मनिषा गजमेर, रुष्मा पटेलले, स्नेहा घतानी, शुशिला बिश्वकर्मा, जिना सेन्चुरी, निलम गजमेर र सोनु बिश्वकर्माले नृत्य देखाएका थिए । साथै सबिना बिश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए । ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरु मध्ये जजहरुले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ड राउण्डमा जजको रुपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्षा थापा, मोडल निराजन लुईटेल र फेशन डिजाईनर सुनिता उप्रेती रहेका थिए ।

अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ । 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्