प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनलमा नेपालको सफलता

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल–२०१७ मा टिम नेपाललाई सफलता प्राप्त भएको छ । प्रतियोगिताको मिस्टर टिन प्रिन्सको विधामा सहभागिता जनाएका अंकित तिवारी फस्ट रनर्सअप भएसँगै उनी प्रतियोगिताका लागि मिस्टर एसिया प्यासेफिक टिनको एवार्ड विजेता भए ।

अंकितले प्रतियोगितामा वेस्ट इन्टरभ्यूको एवार्ड पनि प्राप्त गरे । मिस टिन प्रिन्सेस इन्टरनेसनल विधाका लागि सहभागी योजना घले भने पर्सनालिटी विधाकी विजेता भइन् । उनी बेस्ट इन्ट्रोडक्सनको एवार्डसमेत हात पार्न सफल भइन् । 

लिटिल मिस प्रिन्सेस इन्टरनेसनल विधामा सहभागिता जनाएकी अन्जसा रिजाल भने लिटिल मिस चार्मिङ तथा लिटिल मिस कन्जिनियालिटी विधामा विजयी भइन् । थाइल्यान्डको चियाङमईमा सम्पन्न प्रतियोगितामा नेपाली सहभागिताका लागि इभेन्ट बेटर ग्यालेक्सीले संयोजकको भूमिका निर्वाह गरेको थियो । 

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्