ट्वाइलेट एक प्रेमकथा

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-

निर्देशक : श्रीनारायण सिंह संगीत : विक्कीप्रसाद, मानस शिखर, सचेत परम्परा । कलाकार : अक्षय कुमार, भूमि पेडनेकर, द्वियन्दु शर्मा, अनुपम खेर, शुभा खोटे, सुधिर पाण्डे आदि । 

भारतको उत्तर प्रदेशमा पर्ने मथुरा सहरनजिकैका दुई गाउँको कथा हो, चलचित्र ट्वाइलेट एक प्रेमकथा । अक्षयकुमारले धेरै पछि हास्य तथा सार्थक भूमिका पाएको यो चलचित्रमा हास्यका साथमा भारत तथा केही हदसम्म नेपालको परिवेशसँग मिल्ने विषयमा व्यंग्य गरिएको छ । सरकारले गाउँलाई स्वस्थ र स्वच्छ बनाउनुपर्छ भन्ने अभियान हरेक वर्ष चलाउँछ, त्यसका लागि ठूलो बजेटसमेत छुट्टयाइन्छ, तर भ्रष्टाचारीहरूले गर्दा अभियानको बजेट त्यसै हराउँछ अनि समस्या भने ज्यूँका त्यूँ रहन्छ । निर्देशक श्रीनारायण सिंहले त्यस्तै एउटा समस्यामा प्रेमकथामार्फत व्यंग्य गरेका छन् । अनपढ गाउँले केशवको सहरमा बसेर पढेकी छिमेकी गाउँकी युवती जयासँग प्रेम हुन्छ । प्रेमिकासँग केशवको विवाह पनि हुन्छ । विवाहपछि चर्पी नभएको तथा चर्पी बनाउनुपर्छ भन्ने चेतनासम्म नभएको केशवको गाउँमा पुगेकी जया घरमा चर्पी नबनाए नफर्कने चेतावनी दिँदै माइतीतर्फ लाग्छिन् । केशवका गाउँले तथा परिवारजनमा चर्पी बनाउनु हुँदैन भन्ने अन्धविश्वासले जरा गाढेको छ भने चर्पी बनाउन आएको बजेट पनि भ्रष्ट कर्मचारीहरूले पचाएर बसेका छन् । चर्पी नबनाए श्रीमती घर नआउने भएपछि केशवले परिवार, गाउँले तथा भ्रष्टाचारीहरूविरुद्ध गर्ने संघर्ष नै यो चलचित्रको मूल कथा हो ।  

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्