संरक्षण

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-
निर्देशक : पुर्णेन्द्रु झा संगीत : प्रवेश मलिक कलाकार : निखिल उप्रेती, सौगात मल्ल, मेलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, रमेश बुढाथोकी, निर शाह, नन्दु श्रीवास्तव आदि ।

पर्सा जिल्ला र त्यस निकटका मधेसका सहर तथा गाउँमा व्यक्त राजनैतिक सरगर्मीको पृष्ठभूमिमा निर्माण गरिएको चलचित्र हो— संरक्षण । मधेसमा फैलिएको राजनीतिको खेललाई निर्देशक पुर्णेन्द्रु झाले पर्दामा उतार्ने चेष्टा गरेका छन् संरक्षणमा । यो चलचित्रमा कलाकारहरूको ठूलै भीड छ । फरक शैलीका चलचित्रबाट चिनिएका अभिनेताद्वय निखिल उप्रेती र सौगात मल्ल यो चलचित्रमा पहिलो पटक एकसाथ देखा पर्दैैछन् ।

निर्देशक झाले यो चलचित्रमा मधेस आन्दोलन, प्रहरीको खिचातानी तथा तराईमा फैलिएको अपराधलाई एकसाथ चित्रण गरेका छन् । आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने चलचित्र संरक्षणमा सौगात र निखिल प्रहरी अधिकृतको भूमिकामा छन् । पद र शक्तिको दुरुपयोग गर्ने नेताहरूको चपेटामा परेर यी दुईले सिस्टमसँग आ–आफ्नो किसिमबाट गरेको द्वन्द्व चलचित्रको मूलकथा हो । वीरगन्ज तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्र संरक्षणमा हिमाल केसीको द्वन्द्व तथा कविराज गहतराजको नृत्य निर्देशन छ भने पुरुषोत्तम प्रधानले खिचेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।  

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्