क्रेन चलाउँदै एमी

- एजेन्सी

श्रावण २६, २०७४-
बलिउड अभिनेत्री एमी ज्याक्सनले बहुप्रतिक्षित चलचित्र २.० को एउटा एक्सन दृश्यका लागि क्रेन चलाउने कुराले बलिउडमा चर्चा पाएको छ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको उक्त चलचित्रको एउटा एक्सन दृश्यमा एमीले क्रेन चलाउन लागेकी हुन् । एमी यतिबेला उक्त एक्सन दृश्यको तयारीमा जुटेकी छिन् र त्यसका लागि क्रेन चलाउन सिक्दैछिन् ।

उनलाई प्रशिक्षण तथा निरीक्षण गर्न एउटा समूह नै खटाइएको छ । निर्देशकले नक्कली कलाकारमार्फत उक्त दृश्य खिच्न चाहेका थिए तर एमीले आफैंले गर्ने हिम्मत देखाएपछि चलचित्रको उक्त दृश्यको छायांकन केही दिनका लागि रोकिएको छ ।

एमिले पहिलो पटक डरलाग्दो एक्सन दृश्यमा अभिनय गर्न लागेकाले त्यसका लागि आफू उत्साहित भएको समेत बताएकी छिन् । उक्त दृश्य चलचित्रको क्लाइमेक्समा देखिनेछ । यो चलचित्र जनवरी महिनामा प्रदर्शन हुने सम्भावना छ ।  

 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्