बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु

  • सुशील नेपालको फेसबुक वालबाट

- साप्ताहिक संवाददाता

श्रावण २६, २०७४-बसमा एउटी महिला : बाबु, छिटो बुबु खा, नत्र म त्यो अंकललाई ख्वाइदिन्छु ।

शेरे (मनमनै) : फुच्चे छिटो डिसाइड गर, तेरो चक्करमा बल्खु झर्ने मान्छे स्वयम्भू आइपुगिसकें.....।

एउटा मान्छेले भगवान्सँग भनेछ : 

‘मलाइ दु:ख देऊ,

पीडा देऊ,

टेन्सन देऊ,

मेरा सुख शान्ति सबै लुट,

मलाइ बर्बाद गरिदेऊ ।’

त्यो कुरा सुनेर भगवान्ले भनेछन् :

‘के नाटक गरिरा’ होला ?

सीधै भन न बरु

श्रीमती चाहियो भनेर ।’

आमा : छोरा, सुन्तला खान्छस् ?

छोरा : नाइँ... खान्नँ.....

आमा : छोरा, स्याउ खान्छस् ?

छोरा : नाइँ... खान्नँ.....

आमा : छोरा, अंगुर खान्छस् ?

छोरा : नाइँ... खान्नँ.....क्या !

आमा : पूरै बाउतिर गा’को छ....चप्पल मात्र खान्छ ।

केटी : शेरेसँग 

केटी : चन्द्रमा कहाँ छ ?

शेरे : चन्द्रमा दुईवटा छ एक चन्द्रमा आकाशमा, अनि दोस्रो तिमी ।

केटी : हाउ स्विट्

विवाहपछि

श्रीमती : चन्द्रमा कहाँ छ ?

शेरे : अन्धी छेस् कि क्या हो ?

त्यो माथि तेरो बाउ 

सिएफएल चिम लिएर 

बसेको हो र ?

पुतली : यदि म मरे भने तपाईं के गर्नुहुन्छ ?

शेरे : सायद, म पनि मर्छु होला

पुतली : किन र, यति धेरै माया गर्नु हुन्छ र मलाई ?

शेरे : कहिलेकाहीं धेरै खुसी पनि ज्यानका लागि खतरनाक हुन सक्छ क्या !

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्