को हुन् यो पृथ्वीका भार ?

- साप्ताहिक संवाददाता

श्रावण २६, २०७४-

जो नातावाद, कृपावाद लादन र भ्रष्टाचार गर्नमै लिप्त छन् उनीहरू नै यो पृथ्वीका भार हुन् ।

- रामचन्द्र तामाङ थिङ

मेरी आमाको विचारमा त म नै हो यो पृथ्वीको भार हुँ । यसको कारण चाहिँ मेरी आमा बाहेक अरू कसैलाई थाहा छैन । 

- लक्षिन पोखरेल

यो देशका टाउकेहरू जो देशको विकास गर्न सक्दैनन् तिनै हुन्, धर्तीका बोझ । उनीहरूले नै देश विकास गर्न दिएनन् । 

- निलम कटुवाल

हामी नेपालीहरू नै भार हौं कि जस्तो लाग्छ । आफू विदेश गएर दिनरात दु:ख गरेर पैसा कमाउने, अनि देशमा चाहिँ काम नलाग्ने तथाकथित नेताहरूलाई तलब ख्वएर राख्ने ।

- राजेश

जसले घमण्डी कुरा गर्छन्, उनीहरू नै पृथ्वीका भार हुन् । 

- बी मल्ल

विदेशको इसारामा चल्ने हाम्रो देशका नेताहरू नै यो पृथ्वीका भार हुन् । 

- मनोज याक्थुम्बा

हाम्रो संकुचित सोच । 

- सुदीप पौडेल 

म आफैं पृथ्वीको भार हुँ  कि जस्तो लाग्छ । मैले आफ्नो बाहेक समाज र देशका लागि केही गरेको छैन । 

- जीवन निरौला

देश टुक्रयाउन चाहनेहरू सबै धर्तीका भार हुन् । 

- विवेक

म पनि पृथ्वीको भार हुँ ।

-जीवन सिंजाली

नेपालका राजनीतिक पार्टीका नेताहरू । 

- राजन ज्याक

सम्झिदा आफैं हुँ कि जस्तो लाग्छ किनभने प्रगतिको बाटो कहिल्यै पक्रिन सकिएन । 

- शिशिर लिम्बू आङदेम्बे

कसैले माया गर्छ भन्ने जान्दा जान्दै पनि अर्कैसँग विवाह गरेर प्रेमको अपमान गर्ने व्यक्ति नै पृथ्वीका भार हुन् । 

- मनीषा दाहाल

जो यस्तै सोच लिएर हिँडेका छन् तिनै हुन् पृथ्वीका भार । जीवन त रोएर, हाँसेर, कष्ट खाएर नै जिउने हो । सबै मानिसहरू जिएकै छन् । हामी आफ्नो सोच परिबर्तन गरौं, कोही पनि पृथ्वीका भार होइनन् । 

- अशोक सुस्केरा

जसले मानवको खोल ओढेर मानवलाई नै दु:ख दिँदै हिँड्छन्, तिनै हुन् पृथ्वीका भार । 

- गीत

जसले नकारात्मक सोच राख्दै समाजमा कलह फैलाउँछ । 

- हरि भट्ट

पृथ्वीका भार भनेका बेरोजगार केटाहरू हुन् । 

- उमेश पाण्डे

मोटा मान्छेहरू । 

- सेउला बिर्के

देश हाँक्ने मानिसहरू । 

- रामु बिस्ट

मेरा अज्ञात शत्रुहरू । 

- समुन्द्र रेग्मी

जो अरूको कुरा काट्छन् अनि आफू केही गर्न सक्दैनन् तिनै हुन् पृथ्वीका भार । 

- सिन्धुलियन रमेश

खै को हुन्, को हुन् ! थाहै छैन । 

- झाँक्री बज्यै

आतंकवादी समूह आईएसआईएस हो । किनभने उनीहरू निर्दोष नागरिकहरूलाई वीभत्स तरिकाले मार्छन् ।

- बिके पर्ल

आफूले देख्नु र चिन्नुभाको पृथ्वीलाई मुन्ट्याउनुस् न यता । 

- शून्य

समाजलाई अघि बढ्न नदिनेहरू नै पृथ्वीका भार हुन् । 

- हरिनारायण न्यौपाने

सबै मानिस पृथ्वीका भार हुन्, जब सबै मानिस सखाप हुन्छन् अनि मात्र पृथ्वी आफ्नो असली स्वरूपमा फर्कन्छ, अन्यथा मानिसहरूले यो प्रकृतिको लिला समाप्त गरेर पृथ्वीलाई नै ध्वस्त गर्नेछन् ।

- रजिना लिम्बू

पृथ्वीका भार तिनै हुन् जसले ताई न तुईको पोस्ट गर्छन् फेसबुकमा । 

- कर्मा

यति ठूलो गोलालाई भार हुने केही छ जस्तो लागेन । चन्द्रमा नै खसे चैं भार होला कि ? 

- मैदुङ्छा

जो आफूलाई जन्मदिने आमालाई दु:ख दिन्छन् तिनै हुन पृथ्वीका भार । 

- सुमित

यति ठूलो पृथ्वीका लागि कोही भार होला र भन्या ?

- कृष्ण

अरूलाई दु:ख दिनेहरू नै पृथ्वीका भार हुन् ।

- तेजबहादुर

कुरालाई तोडमरोड गर्ने व्यक्तिहरू । 

- सुरेश लिम्बू

नराम्रा काम गर्नेहरू सबै पृथ्वीका भार हुन् । 

- सुजन लिम्बू

श्रम शोषण गर्नेहरू । 

- विकास प्रधान

जसले आफूलाई कमजोर सम्झन्छ उ नै धर्तीको भार हो । 

- आदिम सुब्बा 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्