डोन्ट वरी सुशील

- साप्ताहिक संवाददाता

श्रावण २६, २०७४-

अग्लो कद, हल्का दारी बलिष्ट शरीरसहितको आकर्षक व्यक्तित्व । अभिनेता सुशील श्रेष्ठ नयाँ अभिनेताहरूमध्ये हेण्डसम अभिनेताका रूपमा जमिसकेका छन् । पहिलो चलचित्र होस्टल रिटन्र्सकै लागि सिक्स प्याक बनाएर चर्चामा आएका सुशीलले पहिलो चलचित्रबाटै दर्शकको मन जिते । पहिलो चलचित्रको सफलतापछि सुशीलबाट दोस्रो–तेस्रो चलचित्रबाट अझ बढी आशा गरियो ।

यद्यपि नतिजा सुशीलको पक्षमा आएन । सुशीलको दोस्रो चलचित्र कारखाना तथा तेस्रो चलचित्र शायद–२ एक हप्ताको अन्तरमा प्रदर्शन भए र व्यवसायिक रूपमा सफल हुन सकेनन् । यी दुई चलचित्रको असफलताले निर्माताको टाउको दुख्नु पर्नेमा मुख्य अभिनेता सुशील पो दु:खी भए । शायद–२ प्रदर्शनरत छँदै सुशीलले आफ्ना सबै कन्ट्याक्ट सोर्स बन्द गरे ।

फेसबुक डिएक्टिभ गरे, मोबाइलको स्विच अफ गरे । सञ्चारकर्मीले उनलाई सम्पर्क गर्ने प्रयास असफल भयो । आफ्ना दुई चलचित्र असफल भएपछि सुशीललाई आफ्नो करियर नै धरापमा परेको लागेको हुनुपर्छ । राम्रो अभिनय गर्न सक्ने क्षमता भएका सुशीलले भविष्यमा उत्कृष्ट स्क्रिप्ट छानेर अभिनय गरे आफ्नो लोकप्रियता दोहोर्‍याउन सक्ने कुरामा दुईमत छैन । डोन्ट वरी सुशील, मानिस लडेपछि नै उठ्न सक्छ । 

 

प्रकाशित :श्रावण २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्