यस्तो छ मिथक

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७४-

गाईजात्राका सन्दर्भमा काठमाडौं उपत्यकामा अनेकौं मिथक प्रचलित छन् । तीमध्ये एक हो– मध्यरातमा नग्न भएर सहर परिक्रमा गर्नु । प्रचलित आख्यानअनुसार गाईजात्राको अघिल्लो रात पिताको मृत्यु भए छोराले, आमाको मृत्यु भए छोरीले सर्वाङ्ग नाङ्गो भएर हातमा बत्ती लिई निधन भएको व्यक्तिको घर वा टोलको परिक्रमा गर्नुुपथ्र्यो ।

यस्तो परिक्रमापछि नै उक्त परिवारले गाईजात्रासँग सम्बन्धित अन्य धार्मिक परम्पराहरूको पालना गथ्र्यो । यो कुरा देख्ने वा बेहोर्ने कुनै जीवित व्यक्ति अहिलेसम्म कसैको पनि सम्पर्कमा आएको जानकारी कुनै पनि संस्कृतिविद् वा इतिहासकारले दिन सकेको छैनन् । 

 

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्