किन तारोमा पर्छन् नेता ?

- सुरेश ढकाल

श्रावण २५, २०७४-
 

समाजमा प्रत्येक कुरा समयअनुसार परिस्कृत हुँदै जान्छन् । सोहीअनुसार गाईजात्राका विभिन्न पक्ष पनि परिस्कृत हुँदै आएका छन् । दु:ख परेका परिवारजनलाई खुसी तुल्याउन सुरु भएको यो पर्व विस्तारै व्यंग्य प्रहसन तिर लागेको हो । सुरुमा सामान्य संस्कृतिक पक्ष झल्किने गरि परम्परागत व्यङ्ग गरेर मनाइने गाईजात्रा अहिले स्टेज शोमा प्रहसनमार्फत मनोरन्जनको माध्यमका रूपमा विकसित भएको छ ।

पहिले–पहिले व्यंग्यको तरीका सामान्य र फरक थिए । त्यतिबेला निश्चित लिंग, जात समुदाय प्रति त्यस्तो व्यङ्ग लक्षित हुन्थ्यो । पञ्चायतको अन्ततिर आइपुग्दा प्रहसनको तारो सामाजिक व्यक्तित्व अझ त्यसमा पनि राजनीति गर्ने व्यक्तिहरूतर्फ सोझिन पुग्यो । 

किन प्रहसनकर्ताले आफूलाई सामाजिक व्यक्तित्व एवं राजनीतिक नेतृत्वमाथि तीर सोझ्याए ? प्रहसनकर्ताहरूले लाक्षणिक व्यंग्यमार्फत जनतालाई मनोरन्जन दिने हो । त्यसका लागि उनीहरूलाई केही न केही विषय चाहिन्छ । एउटा सामान्य व्यक्तिमा सामान्य विषय वस्तु हुन्छ । त्यस्तो लाक्षणिक व्यंग्य को अर्थ उच्च ओहोदामा रहेका वा समाजका अगुवाहरूले थाहा पाउँदैनन् ।

त्यो अर्थहिन र क्षणिक मनोरञ्जनमा सिमित हुन पुग्छ । नेता वा सामाजिक अगुवा, प्रशासकहरूको सन्दर्भमा गरिएको व्यंग्य जनताले सहज रूपमा बुझछन् र त्यसले दिने सन्देश पनि अर्थपुर्ण हुन्छ् । अर्को अर्थमा भन्ने हो भने त्यस्तो व्यङ्गमा जनताको मनमा गुम्सिएका असन्तुष्ठीले आवाज पाउँछ । सम्भवत: यही कारणले गाईजात्रे प्रहसनका विषयवस्तु नेताहरूतर्फ सोझिएको हो । 

 

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्