सय रुपैयाँको कोठामा मुसा ननाचे रेखा थापा आएर नाच्छे त ?

  • सुशील नेपालको फेसबुक वालबाट

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७४-

एक दिन धुर्मुस कोठा खोज्दै घरबेटी शेरेकहाँ पुग्छ र शेरेसँग सोध्छ ।

धुर्मुस : शेरे दाइ, तपाईंको घरमा कोठा खाली छ ?

शेरे : किन नहुनु भाइ खाली छ नि !

धुर्मुस : अनि कोठाको भाडा कति हो ?

शेरे : जम्मा ५ सय रुपैयाँ हो भाइ ।

धुर्मुस : उसो भए कोठा हेर्न मिल्छ ?

शेरे : किन नमिल्नु हेर्नु न ।

अनि धुर्मुसले कोठा हेर्छ, तर कोठामा भने मुसाको दुलैदुलो हुन्छ । 

धुर्मुस : ओ दाइ, यो कोठामा त मुसा नाँच्छ क्या हो ?

शेरे : ५ सय रुपैयाँको कोठामा मुसा ननाचे रेखा थापा आएर नाच्छे त ?

एउटा सरकारी स्कुलमा २ कक्षाको विद्यार्थीलाई पढाउँदै ।

मिस : २ र २ कति हुन्छ ?

फुच्चे : (औंला गन्दै १, २, ३, ४) ४ हुन्छ मिस ।

मिस : स्याबास ! धेरै राम्रो, तर औंला नगनी भन है त ।

ल तिम्रो हात पछाडि राखेर भन त, ३ र ३ कति हुन्छ ?

फुच्चे : मिस ६ हुन्छ ।

मिस : राम्रो, तर अहिले पनि तिमीले औंला गनेर नै भन्यौ ।

तिम्रो दुवै हात गोजीभित्र राख अनि भन ५ र ५ कति हुन्छ ?

फुच्चे : ११ हुन्छ मिस ।

मिस : गधा, मेरो क्लासबाट निस्किहाल् ।

दुई जना मूर्ख चेस खेल्दै थिए ।

धेरै बेर खेलेपछि एउटाले भन्यो : भो यार अब नखेलौं, लास्टै थाकियो यार !

दोस्रो : हो यार, अब कति खेल्नु जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ ।

त्यत्तिकैमा अर्को साथी आइपुग्यो ।

ऊ चेस च्याम्पिसयन थियो ।

तेस्रो : ल म पनि खेल्छु

पहिलो : तर तिमी च्याम्पिसयन छौ, तिम्ले जितिहाल्छौ नि !

तेस्रो : त्यसो भए तिमीहरू दुवै जना एक पार्टी, म एक्लै, खेलौं न त ।

दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौं तिम्लाई ।

तेस्रो : ल, उसो भए म देब्रे हातले खेल्छु नि त ।

दुवै जना : ल ल, त्यसो भए त खेलौं ।

आखिर पछि आउने साथीले गेम जितेर गयो ।

अनि दुई जना आपसमा भन्दै थिए ।

सालेले हाम्लाई मूर्ख बनायो यार !

त्यो लेफ्ट ह्यान्ड रहेछ 

नत्र त्यस्तो खतरा कसरी खेल्यो ?

प्रकाशित :श्रावण २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्