भुवनको सम्मान मेरो सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७४-

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको पाँचौं एकल गीति एल्बम सम्मान मेरो सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ ।

 

समारोहमा गायक राई तथा परि सिने संगीतको तर्फबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरियो ।

विमोचन समारोहमा आउँदो रहेछ जिन्दगीमा तथा आइडी छ कि छैन गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

एल्बममा गायक राईको एकल संगीत छ भने शब्दहरु गोपाल ढकाल, जितेन्द्र रसिक, जेबि संयोगी, अनोज रोक्का, बुद्धविर लामा, मुकेश राई तथा विश्वकाजी राईले रचना गरेका छन् ।  

 

प्रकाशित :श्रावण २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्