तीजमय हङ्कङ

- अनोज रोक्का

श्रावण २४, २०७४-

 

नेपालमा हिन्दु महिलाहरुको विशेष पर्व तीज नजिकिदै गर्दा नेपाली पुगेका विदेशका विभिन्न शहरमा पनि तीज विशेष कार्यक्रमहरु भैरहेका छन् । त्यसमा पनि यतिबेला हङ्कङमा रहेकी नेपालीलाई तीज लागेको छ । देशबाट टाढा रहेपनि नेपाली कला, संस्कृति र पर्वसाग नजिक रहेका नेपाली नारीहरुले एकआपसमा जम्मा भएर तीज मनाईरहेका छन् ।

हङ्कङका विभिन्न सडकमा रातो साडी र झपक्क गहनामा सजिएको नेपाली नारीहरुको आवतजावत बाक्लिए सागै तीज विशेष कार्यक्रमहरुको पनि आयोजना भैरहेका छन् । 

आईतबार ईन्डिया क्लबमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरियो । हङ्कङमा रहेका जातीय, क्षेत्रीय र सामाजिक संघसस्थाहरुले पनि विभिन्न तीज विशेष कार्यक्रमहरुको आयोजना गर्दैछन् ।

ति मध्ये घान्द्रुक हेयर एण्ड ब्युटी सैलुनले सातौ रमझम सााझ अगस्ट १९ मा आयोजना गर्दैछ, हङ्कङ क्षेत्री समाजले हरितालिका तीज/चेली माईती भेटघाट १९ अगस्टमा, स्याङ्जा जनसेवा समितीको तेश्रो प्रस्तुती तीज धमाका २० अगस्टमा, ओम दिब्या बुटिक एण्ड कालिमा क्लबले हरितालिका तीज २१ अगस्टमा, नेपाली महिला संघ हङ्कङले २६ अगस्टमा तीज पर्व २०१७, अगस्ट २७ मा तीज विशेष पााचौ रमाईलो सााझ प्रमुख हुन् ।      

प्रकाशित :श्रावण २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्