रामकृष्ण र जुना वर्षकै उत्कृष्ठ गायक गायिका

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७४-

यो वर्षको म्युजिक खबर म्युजिक अवार्डमा वर्षको उत्कृष्ठ गायकका रुपमा रामकृष्ण ढकालले अवार्ड हात पार्दा जुना प्रसाईं वर्षको उत्कृष्ठ गायिका बन्न सफल भईन् ।  म्युजिक खबर डटकमको आयोजनामा आईतबार साँझ राजधानीमा आयोजित अवार्ड कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई २५ हजार पाँच सय ५५ नगद राशिसहित म्युजिक खबर दीर्घसाधना सम्मानबाट सम्मानित गरियो ।  अवार्ड वितरण कार्यक्रममा नेपाली गीतसंगीतका ३४ विधाका स्रष्टा कलाकारलाई अवार्ड प्रदान गरिएको हो । 

कार्यक्रममा म्युजिक खबर दशक श्रष्टा सम्मान गायक शिशिर योगी र गायिका सत्यकला राईलाई प्रदान गरियो । त्यसैगरी, बालप्रतिभा प्रोत्साहन सम्मान बालगायक बेगेन्द्र बुढालाईै प्रदान गरिएको छ । यो वर्षको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरियो । म्युजिक खबर युवा प्रतिभा पुरस्कारबाट पदमबहादुर रोकाया सम्मानित हुँदा म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट गायक बुद्धिमान घिसिङलाई सम्मानित गरियो ।

अवार्ड विजेता यसप्रकार छन्

 राष्ट्रिय भावको गीतडा. नवि अधिकारी (बिरामी छ देश)

पप गायिका आकांक्षा बस्याल (म पग्लन्छु) 

पप गायक अमिर देउला (मेरो भविष्य)  

पप संगीतकार राहुल प्रधान –कहाँ पुगेँ म) 

नवप्रतिभा लोकदोहोरी रविन लामिछाने (गोरखातिर जानु) 

नवप्रतिभा लोकदोहोरी कल्पना सुनुवार (डाँडैमा बिजुली आयो) 

भिडियो लोकदोहोरी मोडल गीता राई (निष्ठुरी मायालु) 

भिडियो मोडल लोकदोहोरी दुर्गेश थापा (तिमी फूल हौ काली) 

म्युजिक भिडियो निर्देशक लोकदोहोरी प्रकाश भट्ट (डाँडैमा बिजुली आयो) 

शब्द लोकदोहोरी कस्तुप पन्त –आँसु झारिरहेँ) 

भाका लोकदोहोरी वसन्त थापा (उही खोलीमा पानी) 

गायिका लोकदोहोरी पूर्णकला बिसी (तिमी फूल हौ काली) 

सर्वोत्कृष्ट गायक लोकदोहोरी कृष्ण रेउले (आज गाउँमा) 

लोकगीत विरही कार्की (आमाको तस्बिर हातैमा) 

फिल्म गीतकार लक्ष्मण सुवेदी (घिटिघिटी–लालजोडी) 

पाश्र्वगायिका दुर्गा परियार (मेरो जिन्दगीमा–ब्रासलेट) 

पाश्र्वगायक कृष्ण काफ्ले (देखन चम्पा–छक्का पन्जा) 

फिल्म संगीतकार दीपक शर्मा (देखन चम्पा–छक्का पन्जा) 

गजल रमेश विमान (अजम्बरी माया) 

नवप्रतिभा सुगम संगीत खुश्बु खड्का (तिमी बोल) 

नवप्रतिभा सुगम संगीत कमल श्रेष्ठ (लजालु रूप) 

म्युजिक भिडियो मोडल सुगम संगीत खुश्बु खड्का (तिमी बोल) 

म्युजिक भिडियो मोडल सुगम संगीतसनम कठायत (कर्मै खोटी) 

म्युजिक भिडियो छायांकार सुगम संगीत उत्सव दाहाल (तिम्रै पिरले) 

भिडियो सम्पादन सुगम संगीत टेकेन्ऽ शाह (हजार चोट) 

भिडियो निर्देशक सुगम संगीत नारायण ढकाल (हजार चोट) 

ध्वनि मुद्रण सुगम संगीत भोला पौडेल (मायालु तिम्रो रोजाइमा) 

संगीत संयोजक सुगम संगीत सुदीप सागर (मायालु तिम्रो रोजाइमा) 

युगल गायन सुगम संगीत भीषण मुकारुङ र सुनीता थेगिम (धेरै पछि) 

गीतकार सुगम संगीत डा. कृष्णहरि बराल (नदेख्नुपथ्र्यो) 

गायिका सुगम संगीत जुना प्रसाईं (नजरमा तिम्रो) 

गायक सुगम संगीत रामकृष्ण ढकाल (म लडेको मात्र) 

संगीतकार सुगम संगीत सुनील मास्के –काँडा छोए फूल हुन्छ) 

एल्बम सुगम संगीत आवरण (रामकृष्ण ढकाल)  

पपुलर अवार्ड शंकर बिसी (डाँडैमा बिजुली) 

इन्करेजमेन्ट अवार्ड त्रिलोक राना –काँडा छोए फूल) 

पब्लिक च्वाइस अवार्ड उदेश श्रेष्ठ (ती नजर) 

जुरी अवार्ड रामभक्त जोजिजू (हारमा पनि)

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्