चाउसियोक

- एजेन्सी

श्रावण २३, २०७४-
यो पर्व दक्षिण कोरियामा प्रत्येक वर्ष तीन दिनसम्म धुमधामसँग मनाउने चलन छ । यो पर्वलाई दक्षिण कोरियामा दुई किसिमले मनाइन्छ । लुनार क्यालेन्डरको आठौं महिनाको पूर्णिमाका दिन यो पर्व सुरु हुन्छ । यो पर्वमा दक्षिण कोरियनहरू आफ्नो पूर्खौली थलो वा आफ्ना पूर्खालाई गाँडेको स्थानमा जान्छन्, जहाँ नयाँ चामलबाट तयार पारिएको केक, साङप्योङ (कोरियन परिकार), स्थानीय रक्सी आदि खानेकुरा चढाइन्छ ।

यो त्यहाँ अन्नबाली पनि भित्र्याउने मौसम पनि हो । त्यसैले यतिबेला पितापूर्खाको सम्मान एवं खेतीपाती राम्रो भएकोमा खुसी व्यक्त गर्दै खानपिन गरी नृत्य गरिन्छ । यो पर्वको एक दिन पितापूर्खालाई गाँडेको चिहानको सरसफाइ समेत गरिन्छ ।

चार्या भनिने उक्त दिन उत्तर तथा दक्षिण कोरियाको सीमामा भावविह्ल दृश्य देखिन्छ । त्यहाँ कतिपयको पूर्खालाई उत्तरमा त कतिपयको दक्षिणमा गाँडेको अवस्था छ । यो पर्वका लागि केही व्यक्तिलाई सीमा पार गर्ने सुविधा उपलब्ध हुँदै आए पनि सीमा पार गर्न नसक्नेहरू चाहिँ न्यास्रो मान्छन् । 

 

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्