बिजनेस माइन्ड

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७४-

अभिनेत्री केकी अधिकारी चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढी सक्रिय छिन् । केकीले सातामा कम्तीमा एउटा भिडियोमा अभिनय गरेकै हुन्छिन् । एउटा भिडियोमा अभिनय गरेर सरदर ४० हजार रुपैयाँ पारिश्रमिक लिने केकीले महिनामा झन्डै दुई लाख रुपैयाँ आम्दानी गरिरहेकी छिन् । वर्षमा दुई–तीनवटा चलचित्रमा अभिनय गरेर उनी थप आम्दानी पनि गरिरहेकी छिन् ।

अभिनयमा यत्ति व्यस्त भए पनि केकीले हालै एउटा समारोहमा आफ्नो माइन्ड बिजनेसतर्फ आकर्षित रहेको खुलाशा गरेकी छिन् । अभिनेता विल्सन विक्रम राईसँग एउटा पसलको रिबन काट्ने क्रममा केकीले आफूलाई होटल व्यवसायमा आवद्ध हुन मन लागेको कुरा बताएकी हुन् । विल्सनले आम्दानीको विकल्पका लागि व्यवसाय गर्ने कुरा बताए पछि केकीले होटल सञ्चालन गर्ने योजना सुनाएकी थिइन् ।  

 

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्