देश दौडाहामा चलचित्र ‘संरक्षण’ युनिट

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७४-

साउन २७ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘संरक्षण’को अहिले प्रचार प्रसार भैरहेको छ । चलचित्रको प्रचारका लागि चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेका छन् । चलचित्रका मुख्य कलाकार नायिका मलिना जोशी , आशिषमा नकर्मी निर्देशक पुर्णेन्द्र झा सहित निर्माता नरेन्द्र महर्जन फिल्म प्रचारका लागि देश दौडामा निस्केका छन् । 

आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगरको हिमालय टाकिजमा गरिएको थियो । दुई नायिका सहित मोफसल निक्लिएको चलचित्र ‘संरक्षण’ युनिटले आइतबार नै ईटहरिको आई सिनेमामा पनि पत्रकार सम्मेलनको आयोजना गर्यो । युनिट ले पुर्ब देखि पश्चिमकामुख्य शहरमा पत्रकार भेटघाट आयोजना गर्ने बताएको छ । 

निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अगरहरी लगायतका कलाकारले यस फिल्ममा अभिनय गरेका छन् । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी  र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ । 

 

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्