गाईजात्राको दिन बिदा नदिए भो

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७४-

Sachin Joshi@sazhin 

अबदेखि गाईजात्राको दिन बिदा नदिए पनि भो लु, भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा गरेर गाईजात्रा मनाउने रे । 

Deep Shikha@deepshikha_im 

अँ साँच्ची, सिस्नोपानी नेपालले देउसी खेलेको कि गाईजात्रा देखा’को ? 

sfubfO@addkali

देउसी नै खेलेको हो हजुर, गाईजात्रा त तिनलाई मात्र लाग्छ, जसलाई त्यो सत्य व्यंग्य लागेर गाईजात्रा ठान्छन् । पक्का देउसी हो । 

Rohit Bhandari@BhandariDai

ह्याप्पी ह्यालोइन भन्दै म्यासेज ठोके । ह्याप्पी गाईजात्रा भनेर कहिल्यै ठोकेनन् । हाम्रो गाईजात्रा र ह्यालोइन को थिम त आखिरी मृत्यु नै हो नि । 

डा.गोथ Dr_Gothe

गाईजात्रा त भदौमा पथ्र्यो हैन र भन्या ? यो कुकुर जात्रा जस्तो छ हो ? 

पुरुषोत्तम@pokharelprana

संघीयता हुँदा के–के न होला भनेको त यस्तो गाईजात्रा पो देख्न पाइने रै’छ । संघीयता ल्याउने र स्वीकार्न नसक्ने दुवै यो देशका शत्रु हुन् । 

सार्थक@sharthakniroula

सबै किसिमका आन्दोलनकारीहरूका लागि संविधानसभाको भवनबाहिर विरोध प्रदर्शन गर्ने व्यवस्था गर सरकार, बाटोमा फ्रीमा गाईजात्रा नदेखाउँ । 

बा–आमाकी छोरी@stupid_kalu

धन्न हामी फुर्सदिला छौं र नेतालाई नियाल्न पाउँछौं, नभए तिनीहरूको गाईजात्रा कसले 

हेथ्र्यो होला है ? 

Rojan Rai@rojanrai17

संघीयता इच्छा हो कि आवश्यकता ? पहिले छलफल गरौं । नत्र यत्रो गाईजात्रा हेर्ने न देशको क्षमता छ, न त जनतामा धैर्यता नै । 

Karna Oli@Oli_Karna

अमेरिका जाने रहर कहिल्यै पलाएन, डिभी नि भरिएन । त्यो ट्रम्पको देशमा जाने रहर सपनामा पनि नआओस् । यहीं ओलीको टुक्का सुन्दै दाहाल–देउवाको गाईजात्रा हेर्ने रहर छ । 

सागर मिश्र@SagarMishraSM

मैले उनले गरेको प्रेम, देख्नेलाई गाईजात्रा भो । एक डोज चाहन्थे रमितेहरू तर ओभरडोज भो । 

नदी@basnet_nari

राम्रो नीति–नियम बनाएर देश चलाऊ, तर कलाकारलाई जितेर गाईजात्रा नदेखाऊ । 

Kumar Pudasaini@kumar_aabhash

हैन, गाईजात्रा पनि एक ठाउँमा हो र भन्या ? जताततै देखाउन थाले । सनातनी एक दिन मनाउनेचाहिं फिक्का हुने भो, त्यसकै पीर परिच । 

Wang chhe Lama@ChheLama

देशको बहालवाला मुख्यसचिव जागिर खान एडीबीमा । त्यो पनि पैसाका लागि रे । हे हरि, योभन्दा गाईजात्रा के होला है ? आचारसंहिता पनि लाग्दैन ? 

सबैको साथी@sasi108

बिहान–बिहानै पनि धूलो बाटोमा । सकिएन हिंड्न धूलमाडौंमा, कहिलेसम्म हो यो गाईजात्रा ? 

Madhu Acharya@Madhu2067

कि त लोकतान्त्रिक भन्ने तन्त्रलाई दलालतन्त्र भन्न परो, हैन भने जनताको नाममा यो गाईजात्रा कहिलेसम्म हो ? 

काल धुवाँसे@Rc8bW

सकिन्छ भने भारत बन्द गरेर देखाऊ, नेपाल बन्द गरेर आफैंमा गाईजात्रा नदेखाऊ । 

Basanta Maharjan@BasantaMaharjan

गाईजात्रा पनि फिक्का–फिक्का लाग्न थालिसक्यो अब त । 

Beula Goin@goin_beula

सधैं गाईजात्रा हुने देशमा गाईजात्रा उत्सवको के अर्थ ? 

Ramchandra Nepal@nepalrc9

नेपालमा गाईजात्रा दुई किसिमको हुन थाल्यो— परम्परागत र सरकारी । 

राजा@subba1020

चुनाव चिन्ह नै गाई भएपछि अलि–अलि गाईजात्रा त देखाइहाल्छन् नि ।  

 

प्रकाशित :श्रावण २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्