प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७ का लागि टिम नेपाल

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७४-  

बालबालिका र टिनएजर युवतीहरु सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ मा टिम नेपाललाई सफलता प्राप्त भएको छ । प्रतियोगिताको मिष्टर टिन प्रिन्सको विधामा सहभागिता जनाएका अंकित फस्ट रनर अप रुपमा विजयी भए संगै उनी प्रतियोगिताका लागि मिष्टर एशिया प्यासेफिक टिनको अवार्ड विजेता बने । अंकितले प्रतियोगितामा वेष्ट इन्टरभ्युको अवार्ड पनि प्राप्त गर्न सफल भए । १६ वर्षिय अंकित तिवारी पााच फिट ६ इन्च अग्ला छन् ।

मिष्टर टिन नेपालका स्टाइलिस अवार्ड विजेता अंकित होटल म्यानेज्मेन्टका विद्यार्थी हुन् । मिस टिन प्रिन्सेस् इन्टरनेसनल विधाका लागि सहभागि योजना घले भने पर्सनालिटी अवार्डमा विजेता बनिन् । उनले वेष्ट इन्ट्रोडक्सनको अवार्ड पनि हात पार्न सफल भइन् । १९ वर्षिया योजना घलेको शारारिक उाचाई पााच फिट तीन इन्च रहेको छ । चितवन निवासी योजना मिस टिन चितवन प्रतियोगितामा पब्लिक च्वाइस र वेष्ट स्माइलको अवार्ड विजेता हुन् । उनी मिस ग्राण्ड नेपाल २०१६ का पनि सहभागि रहिसकेकी छिन् । 

लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल विधामा सहभागिता जनाएकी अन्जशा रिजाल भने लिटिल मिस चार्मिङ र लिटिल मिस कन्जिनियालिटी अवार्डतर्फ विजेता बन्न सफल भइन् । १२ वर्षिया अन्जशा रिजाल द एक्सेलसियर स्कूलकी छात्रा हुन् । ५ फिट दुई उाचाईकी अन्जशा राजधानी सम्पन्न लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१६ प्रतिस्पर्धाकी लिटिल प्रिन्सेस् उपाधि विजेता हुन् ।

अन्जशाले लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल प्रतियोगिताका लागि ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट मौलिक नेपाली नृत्यको तयारी गरेकी थिइन् भने उनका लागि प्रतियोगिताको वार्डरोब पेज थ्रीले संयोजन गरेको हो । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि टिम नेपालका लागि डिजाइनरद्वया रविन परियार र सविता प्रजापतिले पनि वार्डरोब तयार पारेका थिए ।

थाइल्याण्डको चियाङमई गत जुलाई २६ देखि ३१ तारिख सम्म संचालन भएको सो प्रतियोगिताका लागि अन्जसाको चयन प्रक्रिया र संयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । तीनै जना नेपाली प्रतिनिधिहरुले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र आवश्यक ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेका हुन् । उल्लेखित प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको समग्र संयोजन तथा व्यवस्थापन ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले गरेको हो ।  

 

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्