नेपाल्स नेक्स्ट सुपर मोडल सृष्टि तामाङ

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७४-

 

शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा बनाइएको रनवेमा आफूमा भएको मोडलिङ खूबी तुलनात्मक रुपले अरुको भन्दा अब्बल भएको प्रमाणित गर्न सफल भएसंगै सृष्टि तामाङले नेपाल्स नेक्स्ट सुपर मोडल २०१७ को उपाधि आफ्नो नाममा दर्ता गराउन सफल भएकी छिन् । सृष्टिले उपाधि विजेता संगै स्टाइलिस अवार्ड समेत आफ्नो पोल्टामा पार्न सफल बनिन् । 

यसैगरी प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित फस्ट रनर अप विजेता बनिन् भने रिजिन् तामाङले सेकेन्ड रनर अपको स्थान हात पार्न सफल बनिन् । आर एण्ड आर ग्रुपको आयोजनामा संचालन भएको यस प्रतिस्पर्धामा मोडलिङमा भविष्य खोज्दै गरेका २८ जना युवतीहरुको सहभागिता रहेको थियो । 

रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतिस्पर्धामा प्रज्ञा तिवारीले भिअर च्वाइस तथा मल्टिमिडिया विधा अवार्ड हात पारिन् भने दावा जामु लामा बेष्ट स्माइल, दृष्टि मानन्धर वेष्ट स्कीन, करुणा क्षेत्री वेष्ट हेयर, पल्लवी श्रेष्ठ वेष्ट बडी विधातर्फ उत्कृष्ट ठहरिए ।

यसैगरी प्रतियोगितामा कश्मिता बज्राचार्य पपुलर, प्रदिप्ती अर्याल कन्जिनियालिटी, आशिका मगर फोटोजेनिक र मन्दिरा राज्य लक्ष्मी शाह वेष्ट वाक अवार्डतर्फ अब्बल ठहरिए ।  

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्