लिमुरालिआ

- एजेन्सी

श्रावण २२, २०७४-

मृतआत्मासँग सम्बन्धित पर्वमा आत्माको शान्ति र स्वर्गमा वास होस् भन्ने अभिप्रायले धेरै किसिमका अनुष्ठान सञ्चालन गर्ने चलन छ । प्राचीन रोमको एउटा परम्पराका रूपमा रहेको लिमुरालिआ जसलाई लिमुरिआ पनि भनिन्छ भने केही फरक किसिमको छ ।

यो पर्व मनाउन घरमुलीले आफ्नो घरको सफाइ गरेर मध्यरातमा तीन पटक हात धोई, नांगो खुट्टा घरको परिक्रममा गर्दै कुममा नौ पटक कालो सिमी छर्कन्छन् । त्यस क्रममा मन्त्रोचारण पनि गरिन्छ । प्राचीन रोमन राज्यमा रोमुलुसका जुम्ल्याहा भाइ रेमुसको पर्खालबाट हाम फाल्ने क्रममा मृत्यु भएपछि उनको आत्मा घरमा आउन थालेपश्चात उक्त परम्पराको थालनी भएको विश्वास गरिन्छ ।  

 

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्