सम्बन्ध जोड्दै रेखा

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७४-
अभिनेत्री रेखा थापा तथा अभिनेता आर्यन सिग्देलबीचको तिक्तता झन्डै आठ वर्ष चल्यो । कुराकानी त परको कुरा, एक–अर्काको अनुहार समेत हेर्न नरुचाउने रेखा र आर्यन झन्डै आठ वर्षपछि अभिनेता–अभिनेत्रीका रूपमा एउटै चलचित्रमा प्रस्तुत भएका छन् । यो जोडीलाई रेखाले नै निर्माण गरेको चलचित्र रुद्रप्रियामा देख्न पाइनेछ । रेखाले आर्यनसँगको सम्बन्ध त सुमधुर बनाइन नै अर्का अभिनेता निखिल उप्रेतीसँग बिग्रिएको सम्बन्धलाई समेत सुमुधर बनाउने प्रयास गरेकी छिन् ।

थुप्रै वर्षदेखि बोलचालविहीन रेखा र निखिलले अघिल्लो साता काठमाडौंमा आयोजित एक अनौपचारिक समारोहमा अंगालो मार्दै मित्रताको कदम अघि बढाएका हुन् । अघिल्लो बुधबार चलचित्र रुद्रको प्रिमियर शोमा रेखाले अकल्पनिय इन्ट्री मारिन् । रेखा आएको खबर पाउने बित्तिकै निखिलले उनलाई पाँचौं तल्लाको लिफ्टको ढोकामै स्वागत गरे ।

झन्डै एक दशकपछि रेखा र निखिल एकसाथ क्यामेरामा कैद हुन थाले । पहिलो भेटमै दुबैले एक–अर्काको चलचित्रलाई सफलताको शुभकामना दिए । दुवैले भविष्यमा आफ्नो सम्बन्ध सुमधुर राख्ने वचनबद्धता समेत प्रकट गरेका थिए ।  

 

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्