बरी लै लिएर आइन् आगन्तुक खरेल

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७४-

पप तथा आधुनिक शैलीका गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित हुन सफल  गायिका आगन्तुक खरेलले तीजको अवसर पारेर एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

गायक खरेलको स्वरको तीज गीत ‘बरीलै रमाइलो तीजमा...’ यूट्युबमार्फत सार्वजनिक भएको छ । संगीतकार बिजु बज्रद्वारा संगीतबद्ध तथा रचना गरिएको उक्त गीतको म्युजिक भिडियो सङ्सनेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीतकार बज्रद्वारा नै निर्देशित म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडल सुष्मा थापाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा गायिका खरेल तथा उनकी छोरीले पनि कम्मर मर्काएका छन् । अजय रेग्मीद्वारा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् ।

गायिका खरेलले दुई वर्षअघि पहिलो पटक तीज गीत गाएकी थिइन् । दुई वर्षअघि उनले आउ संगै नाँचौं शीर्षकको गीत गाएकी थिइन् । 

बरी लैको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्