कोरियन हाङकुक

- सन्तोष काफ्ले

श्रावण २१, २०७४-

धरानको पुतलीलाइनमा कोरियन परिकार पाइने ‘हाङकुक साराङ रेस्टुराँ’ नयाँ साजसज्जाका साथ प्रारम्भ भएको छ । कोरियन थिममा नयाँ ढंगले साजसज्जा गरिएको यो रेस्टुराँको उद्घाटन सञ्चालक महेश बिक्की श्रेष्ठकी छोरीले गत शुक्रबार साँझ गरेकी थिइन् । यो रेस्टुराँ सात वर्षअघि स्थापना भएको हो ।

हाङकुकले कोरियन प्याटर्नका झ्याल–ढोकाहरू प्रयोग गरेको छ । अहिले यो पुरानो रेस्टुराँलाई सम्पूर्ण रूपमा कोरियन थिममा तयार पारिएको सञ्चालक महेश बिक्की श्रेष्ठले बताए । हाङकुक रेस्टुराँले ४२ प्रकारका कोरियन परिकार उपलब्ध गराउँछ । यो रेस्टुराँले बुदे जङ्गोल, मुक्साल, फैजी खाल्वी, तक पोकी आदि नयाँ परिकार समेत थपेको श्रेष्ठ बताउँछन् । २० लाखको लागतमा यो रेस्टुराँको पुन:  साजसज्जा गरिएको श्रेष्ठको दाबी छ ।

  

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्