एल डिया डि लोस मुएर्टो

- एजेन्सी

श्रावण २१, २०७४-
मेक्सिकोमा नोभेम्बर महिनाको पहिलो र दोस्रो साता मृत्यु भएका आफ्ना पूर्खाको सम्झनामा एल डिया डि लोस मुएर्टो पर्व मनाइन्छ । मृत्युको दिनका रूपमा मनाइने यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । यो पर्वमा अस्थिपञ्जरलाई प्रतीकका रूपमा बोकेर सडक परिक्रममा गरिन्छ ।

यो पर्वको उत्पतिको इतिहास खेतीपातीसँग सम्बन्धित छ । खेतीपाती भित्राएपछि आफ्नो पूर्खाको सम्झना गर्दै व्रत बसेपश्चात खानपिन गरी नाचगान गर्दै यो पर्व मनाइन्छ । यो पर्व मेक्सिकोभरि मनाइन्छ भने अहिले यसको प्रभाव फिलिपिन्स तथा अमेरिकामा पनि पर्दै गएको छ ।  

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्