छोरीका लागि

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७४-
बलिउड सुपरस्टार शाहरूख खान रोमान्टिक चलचित्रको तुलनामा कमेडी तथा एक्सन चलचित्र हेर्न रुचाउँछन्, यद्यपि उनी छोरी सुहानाका कारण अहिले प्रेम कथात्मक चलचित्र हेर्न बाध्य छन् । एक समारोहलाई सम्बोधन गर्दै शाहरूखले आफूलाई कमेडी र एक्सन मनपर्ने भए पनि छोरीको चित्त बुझाउन रोमान्टिक चलचित्र हेर्न थालेको बताएका छन् ।

‘रोमान्टिक चलचित्र पनि निकै सुन्दर हुँदा रहेछन्, शाखरुखले भनेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र जब हेरी मेट सेजलमा शाहरूखले अनुष्का शर्मासँग अनस्क्रिन रोमान्स गरेका छन् । प्रेम कथामा आधारित चलचित्र त्यति नहेर्ने ५१ वर्षीय शाहरूखले अभिनय गरेका अधिकांश चलचित्र भने रोमान्टिक छन् ।  

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्