ट्रेन्डिङ क्रेज

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७४-

नेपाली चलचित्रमा गीत, ट्रेलर अथवा टिजरका आधारमा चलचित्रको लोकप्रियता मापन गर्ने अनौठो ट्रेन्डिङ  भित्रिएको छ । खासगरी युट्युबमार्फत सार्वजनिक भएका त्यस्ता सामग्रीमध्ये कुन गीत ट्रेन्डिङको पहिलो नम्बरमा पुग्यो, त्यसलाई उत्कृष्ट भन्ने अनौपचारिक प्रतिस्पर्धा नै प्रारम्भ भएको छ । पछिल्लो साता तीनवटा नेपाली चलचित्र यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भए । अघिल्लो साता चलचित्र ए मेरो हजुरको ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा थियो ।

त्यसलाई छक्का पञ्जा–२ को नाइलनको साडीले विस्थापित गर्‍यो । यद्यपि नाइलनको साडी केही घण्टामात्र उक्त स्थानमा टिक्न सफल भयो, केही घण्टापछि उक्त गीत ट्रेन्डिङबाट बाहिरियो । त्यसपछि चलचित्र दुई रुपैयाँको ट्रेलरले पहिलो स्थान प्राप्त गर्‍यो । युट्युब ट्रेन्डिङको पहिलो मात्र होइन, बीसौं स्थानमा पर्नुलाई समेत सम्बन्धित चलचित्र निर्माता–निर्देशकहरूले सफलताका रूपमा लिन थालेका छन् । नम्बर एकमा पुग्नुलाई त उत्साहजनक सफलता मानिन्छ । रमाइलो कुरा के भने सम्बन्धित चलचित्रका निर्माता–निर्देशकले ट्रेन्डिङको अंकलाई चलचित्रकै प्रचार–प्रसारको माध्यम बनाउन थालेका छन् । छैन त रमाइलो ? 

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्