युवालाई कुलतबाट जोगाउनुपर्छ

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७४-
युवाहरूलाई कुलतबाट जोगाएर सिर्जनशील बाटोतर्फ लगाउनुपर्छ (ड्रग्ससँग साटिन्छ जवानी) । समाजमा यसको कुलतको जरा डरलाग्दो गरी फैलिएको छ ।
- आल

बधाई छ सुरभी मानन्धरलाई (सुरभीलाई मिस डिफ एसियाको उपाधि) अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउन सफल भएकोमा गर्व लागेको छ ।
- सुमिना कार्की

पल शाह नेपालका सबैभन्दा राम्रा कलाकार हुन् (गसिप : पललाई चुनौती) । भावी दिनमा उनको अझ राम्रो अभिनय हेर्न पाइयोस् ।
- छुच्ची डन, गणेश जिएम

आम मानिसले उनीहरूका बारेमा सुनेका छैनन् (गजुरियल विश्लेषण : पार्टी एकताको लहर) । उनीहरूको प्रचार–प्रसारमा कमी भए जस्तो लाग्यो । नयाँ खुलेका पार्टीहरू ग्रामीण भेगसम्म पुग्न सकिरहेका छैनन् । आशा छ, जनताले नयाँ पार्टीलाई पनि अवसर दिनेछन् । 
- ब्रिजेन क्षेत्री

सनिले चर्चामा आउन यस्तो कुरा बोलेकी हुन सक्छिन् (बलिउड गफ : सनी आमा बनिन्) । खोजीखोजी मसाला बनाउने मिडियाका लागि उनको पछिल्लो अभिव्यक्तिनै पर्याप्त भयो । 
- विजय राई

नेयमारको जुत्ता शोख गजबकै रहेछ (मैदान बाहिर : नेयमारको जुत्ता सौख) । यो नौलो खालको प्रयोग हो । 
- रमिता 

साप्ताहिक पत्रिका राम्रो छ । लागूऔषधको प्रयोगबाट हुने नोक्सानीका बारेमा पनि केही लेख्नुपर्‍यो । तमाम युवाहरूलाई सुसूचित गर्नुपर्‍यो । 
- गोपीप्रसाद सिंह

साप्ताहिकको सिको गर्दै आजकाल धेरै पत्रिका आए पनि साप्ताहिक नपढी मनै मान्दैन । 
- नारायण पौडेल

साप्ताहिकमा प्रकाशित रमाइला तथा रोचक कुराहरूले युवा पुस्ताको मन छोएको छ । 
- प्रदीप न्यौपाने

सबैभन्दा सजिलो भनेकै अरूका बारेमा धारणा बनाउनु त हो नि (युवा मन : धारणा) । त्यसैले मानिसहरू अरूका बारेमा टिप्पणी गर्छन्, धारणा बनाउँछन् अनि उपदेश दिनसम्म पछि पर्देनन् । 
- राहुल पाख्रिन

सुरेश जस्तै आम युवाले आन्तरिक पर्यटनमा योगदान दिनुपर्छ (यात्रा सन्दर्भ : स्वदेश दर्शनको लहर) । ओझेलमा परेका यस्तै सुन्दर ठाउँहरूका बारेमा मिडियामा बढीभन्दा बढी प्रचार–प्रसार हुनु आवश्यक छ । विदेश गएर पैसा खर्च गर्नुभन्दा स्वदेश घुम्नु कैयौं गुणा बढी फाइदाजनक छ । स्वदेशमा थोरै पैसामै धेरै ठाउँ घुम्न सकिन्छ ।
- उदेश पाण्डे

डा. प्रकाश थपलिया जस्ता युवालाई स्वदेशमा स्वागत छ (अन्तर्वार्ता : नेपालमा कमाउने तरिका भद्र लाग्दैन) आ–आफ्नो क्षेत्रमा प्रतिभा, योग्यता, क्षमता भएका नेपालीहरूले स्वदेशमै केही गर्ने हो भने नेपाललाई नमुना बनाउन सकिन्छ ।
- राजेश खड्का

नेपालको कृषि क्षेत्रमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किन मानिसहरू बिदेसिन्छन् ? (रोजगार : कृषि वैज्ञानिकलाई अवसर) यतातिर सरकारले बजेट बढाएर बढीभन्दा बढीका लागि रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । 
- सुशील पंगेनी

कुनै पनि कुरा चाहिनेभन्दा बढी प्रयोग गर्दा यस्तो अवस्था आउँछ (साइन्स एन्ड टेक्नो : सामाजिक सञ्जाल डिप्रेसनको कारक) । सही काममा, सही समयमा प्रयोग गर्दा भने फाइदा नै हुन्छ ।
- प्रकाश श्रेष्ठ

रेजिना शाक्यलाई बधाई छ (मिसेज नेवामा रेजिना शाक्य) । अन्य प्रतिस्पर्धामा पनि सफलता मिलोस्– शुभकामना । 
- रुपेश बिस्ट

लोकदोहोरीका क्षेत्रमा नयाँ पुस्ता उदाउनु आवश्यक छ (रामजी खाँड र टीका पुन उत्कृष्ट) । आधुनिकताले बजार लिएका बेला मौलिक संस्कृतिको जगेर्ना गर्नु कलाकारका साथै हामी सबैको कर्तव्य हो ।
- दीपेन्द्र खनाल 

जीपी तिमिल्सिनाको परीक्षा अब सुरु भएको छ (फिल्मी डायरी : जीपी अब निर्देशक) । उनको कामको परिणामबाटै चलचित्रमा उनको सफलता सफलताको निक्र्यौल हुनेछ । 
- प्रमोद 

 

प्रकाशित :श्रावण २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्