तीज विशेष कार्यक्रम

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७४

उद्योग संगठन मोरङको आयोजनामा आज शुक्रबारदेखि विराटनगरमा दुईदिने तीज महोत्सव–२०७४ सञ्चालन हुँदैछ । महिला उद्यम समितिले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला हुन लागेको हो ।

महोत्सवमा श्रृङ्गारका सामग्री, दैनिक उपभोग्य सामग्री, विभिन्न परिकार एवं आग्र्यानिक कृषि उत्पादन गरी ४० वटा स्टल रहने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा विभिन्न जातजातिको वेशभूषा तथा संस्कृति झल्काउने पहिरन एवं सांस्कृतिक कार्यक्रम पनि समावेश हुनेछ । 

 अनिल श्रेष्ठ  

 

प्रकाशित :श्रावण २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्