म्यान अफ द वल्र्डमा स्पेशल अवार्ड

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७४-

म्यान अफ द वल्र्ड–२०१७ मा नेपालका तर्फबाट सहभागी डा. राम चन्दलाई स्पेशल अवार्ड अन्तर्गत च्यारिटी एण्ड पब्लिक सर्भिस अवार्ड प्राप्त भएको छ ।

मास्कुलिनिटी विथ रेस्पोन्सिबिलिटी अर्थात् जिम्मेवारी सहितको सुगठित शरीरको नारासहित जुलाई २८ मा फिलिपिन्सको पसाए सहरमा सञ्चालित उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा डा. चन्दले विश्वभरिका दुई दर्जनभन्दा बढी मुलुकका सहभागीहरूसँग प्रतिस्पर्धा गरेका थिए ।

चन्द यो प्रतियोगिताको वेष्ट इन फर्मल वेयर विधातर्फ टप टेनभित्र पनि पर्न सफल भएका थिए । म्यान अफ द वल्र्ड–२०१७ को शीर्ष उपाधि भने इजिप्टका मुस्ताफा गलाल मोहम्मद एलिजालीले जिते । 

 

प्रकाशित :श्रावण १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्