गायिकाको नर्सिङ

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७४-
आफूले गाएको पछिल्लो क्लब पप गीत तिम्रो मायाले यूट्युबमा १ लाखभन्दा बढी दर्शक पाउने क्रममा गायिका रेनुका थापाको जीवनमा अर्को खुसीयाली थपिएको छ । नर्सिङकी यी छात्रा गायिकाले यसै साता बिएसस्सी नर्सिङ उत्तर्ण गरेकी छिन्, त्यो पनि विशिष्ट श्रेणीमा ।

नर्स बनेर बिरामीहरूको सेवा गर्ने सानैदेखिको चाहना पूरा गर्ने उद्देश्यले उनले नर्सिङलाई अध्ययनको विषय बनाइन् भने गायन त उनको सानैदेखिको प्यासन हो । ‘म गीत नगाई बस्न सक्दिन, रेनुका भन्छिन्– उनी गायन तथा नर्सिङलाई सँगसँगै अघि बढाउन चाहन्छिन् । कक्षा ६ मा अध्ययरत छँदै गीत रचना गर्ने, बाजै नबनाई धुन तयार पार्ने क्षमता भएकी रेनुकाले ११ वर्षको उमेरमै रचना तथा संगीतबद्ध गरेको गीत भर्खरै सार्वजनिक गरेकी हुन् ।

रेनुकाले हालसम्म झन्डै एक दर्जन गीत रेकर्ड गराइसकेकी छिन् भने फूलझैं फुलिरहनु, कोसिस गरें तथा तिम्रो मायाको म्युजिक भिडियो नै तयार पारेकी छिन् । पछिल्लो गीतको भिडियोमा उनी आफैंले अभिनय तथा नृत्य गरेकी छिन् ।  

 

प्रकाशित :श्रावण १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्