गर्भवती बालिकासँग विवाह

- एजेन्सी

श्रावण १९, २०७४-
चीनको हेनान प्रान्तमा एक गर्भवती बालिका र उनको बालप्रेमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रूपमा विवाह गरेको भिडियो सामाजिक संजालमा आएको थियो ।

एकातर्फ चीनका केही समाजमा बालविवाहलाई मान्यता दिइन्छ भने सामाजिक सञ्जालमा उक्त विवाहलाई गैरकानुनी बताउनेहरूको पनि कमी छैन । चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्छ ।  

 

प्रकाशित :श्रावण १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्