रेखाको रुद्रप्रियाको गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७४

अभिनेत्री रेखा थापाको नयाँ चलचित्र रुद्रप्रियाको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको शब्द/संगीत तथा स्वर रहेको छ । राजनराजलाई गायनमा गायिका मेलिना राई र ग्रिष्मा शिवकाटीको साथ दिएका छन् ।

आउँदो तिहारको छेको पारेर कात्तिक २ गते देखि  प्रर्दशनमा आउँने रुद्रप्रियामा रेखा थापा  आर्यन सिग्देल र संगीतकार राजन ईशानले मुख्य भूमिकामा रहेर अभिनय गरेका छन् । यो फिल्म मार्फत रेखा र आर्यनले करिव ७ वर्षको अन्तराल पछि एकसाथ अभिनय गरेका हुन् ।

सुदीप बबी भूपाल सिंहले निर्देशन गरेको यो फिल्म मार्फत रेखाले राज्जा रानी फिल्मका  प्रोड्यूसर  रमेश एम.के पौडेलसंग ब्यावसायिक सहकार्य गर्दै पार्टनरशिप गरेकी छिन् । सार्वजनिक गीत रोमान्टिक शैलीको छ । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्