रातो सारि लर्काउदै, जुल्फी फर्काउँदै

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७४- 

गायक अर्जुन कैशलले आफ्नै श्रीमती रिता कौशलको साथमा ‘रातो सारी लर्काउादै’ बोलको तीज गीत बजारमा ल्याएका छन् । गीतको भिडियोमा हाँस्य कलाकारहरुको प्रस्तुती देख्न सकिन्छ भने गायकले स्वर विगारेर फरक ढंगबाट गाएका छन् ।

आफुहरुले निकै मिहेनतका साथमा यो गीत तयार पारेको भन्दै गीतमा अभिनय गरेका हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’ले दर्शक श्रोताको माया पाउनेमा आशा राखेका छन् । अर्जुन कौशलकै लय, शव्द र एरेन्जमा तयार पारिएको गीतको भिडियोमा केशव सापकोटा ‘भैंसीको कसम’, ‘गुलेली कान्छा’, शिला निरौला ‘विमली’, दिपासा विसी ‘जलपरि’, सन्ध्या बुढा ‘काउली बुढी’ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।  

रातो सारि लर्काउदै, जुल्फी फर्काउँदैको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्