बेरोजगार आमाको आम्दानी

- एजेन्सी

श्रावण १८, २०७४-
विवाहपछि बेरोजगार भएकी सुमर्स भोनहेसीको आम्दानी अहिले कामकाजी महिलाको भन्दा बढी छ । आठ वर्षअघि विवाह गरेकी सुमर्स विवाहपछि नै बेरोजगार भइन् फलस्वरूप दुई सन्तानकी यी आमाले आफ्ना सैनिक श्रीमान्लाई कुनै किसिमको आर्थिक सहयोग गर्न सकिनन् ।

३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् । उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर (५ लाख १० हजार रुपैयाँ) भन्दा बढी हुन थालेको छ ।

अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् । उनका इन्स्टाग्राम सब्सक्राइबर नै १ लाख छन् । कुनै दिन उनले इन्स्टाग्राममार्फत पनि लाखौं कमाउने पक्का छ । आखिर कमाउन कामै गर्नुपर्छ भन्ने पनि छैन भन्ने कुरालाई सुमर्सले पुष्टि गर्दै आएकी छिन् ।

 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्