योजना पुरीको तीज गीत

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७४-

सञ्चार क्षेत्रमा केयासिल गायिका योजना पुरी रुन्चे गीत गाउँदिन भन्दै तीज गीतका साथमा आएकी छिन् । एक दशकदेखि गायनमा क्रियाशिल योजनालाई तीज सांगीतिक पर्व जस्तै लाग्न थालेपछि ३ वर्षदेखि हरेक तीजको छेको पारेर तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । 

धेरै नेपाली विभिन्न देशमा छरिएर बसेका छन्, हरेक नेपालीले आफू बसेकै देशमा तीज मनाउँछन् । नेपाली सँगै बाहिरिएको संस्कृतिका कारण, चाड विशेष गीत गाउँदा नेपाली गीत संगीतलाई अन्र्तराष्ट्रिय स्तरमा विस्तारित गर्न सजिलो भएको उनको बुझाई छ । 

गायिका पुरीले आफ्नो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरेकी छिन् । म्यूजिक भिडियोमा उनले विजेता पुरीसँग अभिनय समेत गरेकी छिन् । फराज अर्पणको निर्देशन र छायाङ्कन उक्त गीतमा कृष्ण पौडेलको शब्द र गौरव दर्पणको सङ्गीत रहेको छ ।  

रुन्चे गीत गाउँदिनको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्