२८ वर्षपछि पुन: विवाह

- एजेन्सी

श्रावण १७, २०७४-
एउटा सन्तान पाएर अलग भएका एक दम्पतीले छोराको आग्रहमा २८ वर्षपछि पुन: विवाह गरेका छन् । सन् १९७९ मा सम्पन्न मोटर रेस प्रतियोगितामा एनिटी विन्स्ले र डुकान ग्रेबीच पहिलो भेट भएको थियो । भेट भएको दुई वर्षमै उनीहरूबीच विवाह भयो ।

छोरा स्टुवार्ट जन्मिएलगत्तै उनीहरू अलग भए र स्टुवार्ट आमासँगै बस्न थाले । यसबीच उनले बुबाका बारेमा आमासँग धेरै पटक सोधखोज गरे । एनिटीको रिस शान्त नभएका कारण स्टुवार्टको कुरामा आमाले कुनै सुनवाइ गरिनन् । अन्तत: अलग भएको २८ वर्षपछि छोराको पुरानो ढिपी दोहोरिन थालेपछि उनले डुकानको खोजी गर्न थालिन् ।

उनीहरूबीच भेट पनि भयो र सोही रेस कोर्समा अलग भएको २८ वर्षपछि दोस्रो विवाह भयो । 

 

प्रकाशित :श्रावण १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्