झूटो बोलेको आरोप

- एजेन्सी

श्रावण १७, २०७४-
निर्देशक हंसल मेहताको नयाँ चलचित्र सिमरन विवादमा तानिएको छ । चलचित्रका लेखक अपूर्व असरानी तथा अभिनेत्री कंगना रणावतबीच चलचित्रको पोस्टर सार्वजनिक भएलगत्तै समस्या उत्पन्न भएको हो । चलचित्रको पोस्टरमा कथाकार तथा पटकथाकारमा अपूर्व असरानीको नाम कंगनाको भन्दा पछि राखिएकाले समस्या उत्पन्न भएको बताइन्छ ।

सुरुमा यो कुरालाई लिएर अपूर्व बेखुसी थिए, यद्यपि यो कुरालाई उनले बढाउन चाहेनन् । उनले कंगनाको कामको प्रशंसासमेत गरेका थिए, तर अहिले आएर अपूर्वले चित्त दुखाएका छन् । उनका अनुसार कंगनाले आफ्नो एउटा अन्तर्वार्तामा एक लाइनको कथालाई आफूले विस्तार गरेको बताएर सञ्चारमाध्यमसँग झूटो बोलेकी छिन् । अपूर्वको दाबीप्रति कंगनाले अहिलेसम्म मुख खोलेकी छैनन् ।  

 

प्रकाशित :श्रावण १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्